Techie IT
मंगलबार, वैशाख ८,२०८३

रक्सी खाएको भन्दै गाली गरेपछि असईको हत्या


काठमाडौं । सप्तरीमा शसस्त्र प्रहरी सहायक निरीक्षक (असई)को हत्या आरोपमा जवान जेल चलान भएका छन् ।

गत असोज १९ गते साँझ छिन्नमस्ता गाउँपालिका-२ मोहनपुर पोष्टमा कार्यरत जवान होमबहादुर खत्रीले असई सत्यनारायण यादवको हत्या गरेका थिए ।

साँझ रक्सी खाएर आएको भन्दै असईले गाली गरेपछि खत्रीले तारले घाँटी कसेर हत्या गरेको बयानमा बताएका छन् ।

हत्यापछि उनले शव खोलामा फालेर असई यादव बेपत्ता भएको भन्दै बिओपी छिन्नमस्तामा फोन गरेका थिए ।

प्रहरीले खत्रीमाथि नै शंका लागेर पक्राउ गरेर सोधपुछ गर्दा आँफैले हत्या गरेर फालेको स्वीकारेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #रक्सी खाएको भन्दै गाली गरेपछि असईको हत्या


तपाईको कमेन्ट लेख्नुहोस्