मंसिर ४ को चुनाव गडबड हुन्छ: प्रकाण्ड

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्लामा आएर चुनाव बहिस्कारको निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले आसन्न चुनाव बहिस्कारका लागि कार्यकर्तालाई निर्देशन गरेका छन् ।
केही दिनअघि रुपन्देहीमा गृहमन्त्री खाणले विप्लव समूहसँग वार्ता भइरहेको र चुनाव शान्तिपूर्ण हुने बताएपनि नेता प्रकाण्डले सोमबार यस्तो सो पार्टी निकट भेलामा यस्तो निर्देशन दिएका हुन् ।
गृहमन्त्रीलाई जवाफमार्फत दवाव दिन सो समूहले चुनाव भण्डाफोर सभाको आयोजना गरेको आंकलन गरिएको छ ।
‘यो चुनाव कागलाई बेलपाकेजस्तै हो, यो आमनागरिकलाई कुनै सरोकार छैन, यो चुनाव जनताका लागि आवशयक छैन, ५ वर्ष लुटेराहरुलाई लुट्नका लागि पठाउन लागिएको हो, हाम्रो विरोधलाई रोक्नखोजे प्रतिकार हुन्छ’ बुटवलमा आज आयोजना गरेको चुनाव भण्डाफोर सभालाई सम्बोधन गर्दै नेता प्रकाण्डले भने ।
दलाल पुँजिवादी चुनाव बहिस्कारका लागि ‘गडवड’ गर्ने चेतावनी उनले दिएपनि कस्तो खाले ‘गडवड’ हो भन्ने विषय भने खुलाएनन् ।
उनले दलाल पुँजिवादी व्यवस्थालाई खरानी नपार्दासम्म कम्युनिष्ट पार्टीले ‘गडवड’ गरिरहनु पर्ने पनि बताए । उनले सशक्त बहिस्कारका लागि तयार रहन कार्यकर्तालाई आह्वान गर्दै राज्यले गिरफ्तार र दमन गरे त्यसको प्रतिबाद गर्न पनि निर्देशन दिए ।
नेता प्रकाण्डले तिनाउ दानव करिडोरको नाममा त्यस क्षेत्रमा बसोबास गर्ने भुमिहीन सुकुम्बासीलाई उठिबास गराउन खोजिएको आरोप लगाउँदै वैकल्पिक व्यवस्थाबिना हटाउन खोजिए आफ्नो पार्टीले प्रतिरोध गर्ने चेतावनी पनि दिए ।
करिडोर आवश्यक भएपनि जनताको गाँस र बासभन्दा ठुलो विषय करिडोर नभएको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #खड्कबहादुर विश्वकर्मा, #मंसिर ४ को चुनाव गडबड हुन्छ: प्रकाण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्