संखुवासभाको विकासका लागि गठबन्धनलाई जिताउनुहोसः दिपक खड्का

संखुवासभा । नेपाली काँग्रेसका नेता दिपक खड्काले संखुवासभाको विकासका लागि गठबन्धनका उम्मेदवारको जीत आवश्यक रहेको बताउनुभएको छ । लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट संखुवासभाको प्रतिनिधीसभा सदस्यको उम्मेदवार खड्काले आज मादी नगरपालिकामा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनले जिते संखुवासभाको विकासले जित्ने बताउनुभएको हो ।
उहाँले गोपाल पहाडीले हार्दा संखुवासभाको विकासले हारेको स्मरण गर्दै त्यस्तो गल्ती नदोहो¥याउन आम मतदातालाई आग्रह गर्नुभयो । उहाँले कुनै लोभलालच र भ्रममा नपरी गठबन्धनका उम्मेदवारलाई विजय गराउन लाग्नुपर्ने बताउनुभयो । पूर्व राज्यमन्त्री खड्काले आफू सांसद भएपनि मन्त्री भएपनि जनताको सेवकको रुपमा सँधै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संखुवासभाको विकासका लागि प्रतिनिधीसभा र प्रदेशसभामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुपर्ने उहाँको भनाई थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #दिपक खड्का
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्