गौरीशङ्करमा काङ्ग्रेसको सिङ्गो समिति एमालेमा समाहित
दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–८ खारेमा नेपाली काङ्ग्रेसको सिङ्गो समिति नै नेकपा एमालेमा समाहित भएको छ ।
नेपाली काङ्ग्रेस खारेका सभापति टीका गुरुङसहित कार्यसमितिमा रहेका सबै नेताहरू आज सोमबार नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । एमाले प्रवेश गर्नुभएका गुरुङ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवार हुनुहुन्थ्यो ।
एमाले प्रवेश गर्नेहरूमा पुराना कांग्रेस नेता बाबुबाजी गुरुङ, मिनबहादुर तामाङ, कांग्रेसका वडा उप–सभापति कृष्णबहादुर तामाङ, वडा सदस्यको उम्मेदवार तक्तबहादुर तामाङ, तरुण दलका वडा सभापति विकास गुरुङ, वडा सदस्य विनेश पाख्रिन र पदमबहादुर मगर हुनुहुन्छ । पदमबहादुर मगर यसअघि स्थानीय निर्वाचनताका एमाले छोडेर कांग्रेस प्रवेश गर्नुभएको थियो । तर, कांग्रेस पार्टी आफूले सोचेजस्तो नरहेको निष्कर्षसहित उहाँ एमालेमै फर्किनुभएको हो ।
उहाँहरूलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङ, प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिबाकोटी, केन्द्रीय सम्पर्क समन्वय प्रमुख श्यामकुमार बस्नेत, गौरीशंकर गाउँपालिकाका चुनावी कमाण्डर स्वयम्बहादुर खड्का तथा स्थानीय नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।
यसअघि पालिकाको ७ नं. वडा मार्बु गाविसको सिङ्गो गाउँ कमिटी र अन्य वडाका जिम्मेवार नेताहरू एमालेमा समाहित भइसक्नुभएको छ । एमालेप्रति देखिएको जनलहर र पार्टी प्रवेशको श्रृङ्खलालाई दृष्टिगत गर्दा दोलखामा एमाले भारी मतान्तरसहित विजयी हुने अवस्थामा पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गौरीशङ्करमा काङ्ग्रेसको सिङ्गो समिति एमालेमा समाहित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्