गौरीशङ्करमा काङ्ग्रेसको सिङ्गो समिति एमालेमा समाहित

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–८ खारेमा नेपाली काङ्ग्रेसको सिङ्गो समिति नै नेकपा एमालेमा समाहित भएको छ ।
नेपाली काङ्ग्रेस खारेका सभापति टीका गुरुङसहित कार्यसमितिमा रहेका सबै नेताहरू आज सोमबार नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । एमाले प्रवेश गर्नुभएका गुरुङ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवार हुनुहुन्थ्यो ।
एमाले प्रवेश गर्नेहरूमा पुराना कांग्रेस नेता बाबुबाजी गुरुङ, मिनबहादुर तामाङ, कांग्रेसका वडा उप–सभापति कृष्णबहादुर तामाङ, वडा सदस्यको उम्मेदवार तक्तबहादुर तामाङ, तरुण दलका वडा सभापति विकास गुरुङ, वडा सदस्य विनेश पाख्रिन र पदमबहादुर मगर हुनुहुन्छ । पदमबहादुर मगर यसअघि स्थानीय निर्वाचनताका एमाले छोडेर कांग्रेस प्रवेश गर्नुभएको थियो । तर, कांग्रेस पार्टी आफूले सोचेजस्तो नरहेको निष्कर्षसहित उहाँ एमालेमै फर्किनुभएको हो ।
उहाँहरूलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङ, प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिबाकोटी, केन्द्रीय सम्पर्क समन्वय प्रमुख श्यामकुमार बस्नेत, गौरीशंकर गाउँपालिकाका चुनावी कमाण्डर स्वयम्बहादुर खड्का तथा स्थानीय नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।
यसअघि पालिकाको ७ नं. वडा मार्बु गाविसको सिङ्गो गाउँ कमिटी र अन्य वडाका जिम्मेवार नेताहरू एमालेमा समाहित भइसक्नुभएको छ । एमालेप्रति देखिएको जनलहर र पार्टी प्रवेशको श्रृङ्खलालाई दृष्टिगत गर्दा दोलखामा एमाले भारी मतान्तरसहित विजयी हुने अवस्थामा पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गौरीशङ्करमा काङ्ग्रेसको सिङ्गो समिति एमालेमा समाहित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्