चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज चितवन आउँदै

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन आउँदै छन् ।
एमाले चितवनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन आउँन लागेका हुन् ।
भरतपुरको गेस्ट हाउस चौरमा हुने चुनावी आमसभालाई अध्यक्ष ओली र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।
चुनावी सभामा जिल्लाभरबाट २५ हजार भन्दा बढी सहभागी हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिएका छन् । भरतपुरको बसपार्क चोक, मालपोत चोक र चौविसकोठी तीन स्थानबाट र्यालीसहित कार्यक्रम स्थलमा निस्कने बताइएको छ ।
अध्यक्ष ओली बिहान साढे ११ बजे कार्यक्रम स्थलमा आइपुग्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्