थारु छात्रावास मतदान केन्द्रमा सम्पूर्ण कर्मचारी महिला मात्रै
वीरगञ्ज । पर्सामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि २५ जना महिला मतदान अधिकृत खटाइएको छ ।
पर्सा जिल्लामा प्रतिनिधि सभातर्फ ४ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ ८ निर्वाचन क्षेत्रका लागि आगामी निर्वाचनमा २ अस्थायी मतदान केन्द्रसहित ४ सय १४ मतदान केन्द्र तोकिएको छ ।
पर्साका १४ पालिकामा १ सय ६७ वटा मतदान स्थल निर्माण गरिने भएको छ । यस पटक जिल्लामा ३ लाख ४५ हजार ९ सय २८ जना मतदाताले मतदान गर्न पाउने भएको जिल्ला निर्वाचन प्रमुख रन्जिता झाले बताउनुभयो ।
४ सय १४ मतदान केन्द्रमध्ये २५ मतदान केन्द्रमा महिला मतदान अधिकृत खटिने भएका छन् भने वीरगञ्जको थारु छात्रावास मतदान केन्द्रलाई महिला मैत्री मतदान केन्द्रको रुपमा सञ्चालन गरिने छ ।
वीरगन्ज महानगरपालिका ५ मा रहेको थारु छात्रावास मतदान केन्द्रमा खटिने निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, निर्वाचन सहायक कर्मचारी, पियन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी समेत सम्पूर्ण महिला नै रहने र महिला मात्रको सहभागिताबाट सो मतदान केन्द्रमा मतदान सम्पन्न गरिने तयारी गरिएको जिल्ला निर्वाचन प्रमुख रन्जिता झाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #थारु छात्रावास मतदान केन्द्रमा सम्पूर्ण कर्मचारी महिला मात्रै, #निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्