काम गर्ने नेतृत्व आवश्यक छ : प्रकाशशरण महत
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा काम गर्ने राजनीतिक नेतृत्वको आवश्यकता रहेकाले आसन्न निर्वाचनमा त्यस्तो नेतृत्व छान्न नेपाली नागरिकसँग आपिल गर्नुभएको छ ।
नुवाकोट क्षेत्र नम्बर १ को ककनी गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनद्वारा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रवक्ता महतले नेपालमा कुरा मात्र गर्ने नभएर काम गर्ने नेतृत्वको अवश्यकता रहेको बताउनुभयो ।
अर्को एक प्रसङ्गमा उहाँले नेपालमा सबै प्रजातान्त्रिक शक्तिहरूलाई जोड्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीलाई पनि एकताबद्ध बनाइ राख्न नसकेको आरोप लगाउँदै उहाँले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई मात्र एक राखेको नभएर अरु वामपन्थी शक्तिलाई सरकारको गठबन्धनमा राखेर नेतृत्व प्रदान गर्न सकेको दृष्टान्त पेस गर्नुभयो ।
यस पटकको निर्वाचनमा कांग्रेस नेतृत्वले सबैको सल्लाह बमोजिम नै सर्वसम्मत रूपमा टिकट वितरण गरेको र अन्य दलहरूको समेत केही गुनासो नरहने गरी गठबन्धन अघि बढेकोले आगामी निर्वाचनमा यही गठबन्धनका पक्षमा स्पष्ट बहुमत आउने दाबी पनि गर्नुभयो ।
प्रवक्ता डा महतले निर्वाचनपछि यही गठबन्धनकै सरकार निर्माण हुने भन्दै सरकार निर्माण गर्न गठबन्धन गर्ने पार्टीको खोजी गर्न नपर्ने गरी निर्वाचनमा होमिएको प्रसङ्ग पनि उल्लेख गर्नुभयो ।
उहाँले संविधानको रक्षा, स्थिरता र समृद्धिको साझा लक्ष्य लिएर दलहरुबीच गठबन्धन भएको बताउनुभयो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #प्रकाशशरण महत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्