निर्वाचन कर्मचारीका लागि तालिम सुरु

मकवानपुर । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा मकवानपुर जिल्लाभर खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि आजबाट मतदान सञ्चालनसम्बन्धी तालिम सुरु भएको छ ।
जिल्लाका तीन सय ७४ मतदान केन्द्रमा खटिने सात सय २८ मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित थप ७२ जनालाई मतदान सञ्चालनसम्बन्धी तालिम दिन लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले आयोजना गरेको दुई दिने तालिमपछि कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाइने जनाइएको छ ।
जिल्लाको एक सय ६५ वटा मतदानस्थलमा तीन सय ६४ मतदान केन्द्र रहेका छन् । खटिने सात सय २८ र अरू थप १० प्रतिशत गरी आठ सय जनालाई तालिम दिन सुरु गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरूलाई खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।
प्रत्यक्षतर्फका र समानुपातिक उम्मेदवारका लागि मत राख्ने तरिका, भीड नियन्त्रण, मसी लगाउने, नाम रुजु गर्ने, दोहोर्याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका, मतदाताले गोप्य रूपमा मतदान गर्न पाउने आफ्नो अधिकारलाई सुरक्षित ढङ्गले प्रयोग गर्नेबारे प्रशिक्षित गराइने उहाँले बताउनुभयो । मङ्सिर १ गतेसम्म निर्वाचनका लागि खटाइएका सबै कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्ने छ ।
तीन लाख सात सय ३३ मतदाता रहेको मकवानपुरमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । जिल्लाका तीन सय ६४ वटा मतदान केन्द्रमध्ये १९ वटालाई अति संवेदनशील र ६० वटा केन्द्रलाई संवेदनशील केन्द्रको रूपमा लिइएको छ । तीन सय ६४ मतदान केन्द्रमा करिब तीन हजार कर्मचारी खटिने जनाइएको छ ।
मकवानपुर क्षेत्र नं १ मा एक लाख ५० हजार एक सय ५५ र क्षेत्र नं २ मा एक लाख ५० हजार पाँच सय ७८ मतदाता छन् । जिल्लामा पाँच जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन, #निर्वाचन कर्मचारीका लागि तालिम सुरु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्