Techie IT
सोमबार, असार १६,२०८२

दार्चुलामा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा


दार्चुला । आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो ।

मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा ९माओवादी केन्द्र० लगायतको साथ छ भने एमालेका उम्मेदवार ठगुन्ना एक्लै चुनावी मैदानमा छन् ।

आसन्न निर्वाचनमा एमालेले कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमित भूमिको मुद्दालाई चुनावी मुद्दा बनाएर केन्द्रीय नेतृत्वलाई नै यहीबाट चुनावी अभियान सुरुवात गरेको थियो ।

ठगुन्ना दार्चुलामा २०७० र २०७४ सालको निर्वाचनमा एमालेबाट विजयी भएका उम्मेदवार हुन् भने २०७४ को निर्वाचनमा समानुपातिक सांसद बनेका मन्त्री बडू यस पटक सत्ता गठबन्धनको भरमा चुनावी मैदानमा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #गणेशसिंह ठगुन्ना, #दार्चुलामा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा, #दीलेन्द्रप्रसाद बडू


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545