जनताको घरदैलोमा राप्रपा उम्मेदवार लामा

नुवाकोट । नुवाकोट क्षेत्र नं. २ (क) प्रदेशसभा सदस्य उम्मेदवार दिपेश लामाले प्रतिबद्धता पत्रमा लेखिएका हरेक कुरा पूरा गर्ने बाचा गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बाट उम्मेदवार बनेका उनले बेलकोगढी नगरपालिकाको घरदैलोका क्रममा पर्चा,पम्प्लेट बाड्दै चुनाव चिन्ह हलोमा भोट माग्दै टोल टोलमा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले आफुले प्रदान गरेको प्रतिबद्धता सुरक्षित राख्न मतदातालाई आग्रह गरेका हुन् ।
बुधबार बेलकोटगढी नगरपालिकाको वडाको घरदैलो कार्यक्रम उनले आफ्नो निर्वाचन लक्षित भावी र चुनाव चिन्ह ” हलो “लिएर प्रत्येक मतदाताको घरदैलोमा पुगेका लामाले युवा तथा परिवर्तन चाहने बाआमाहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेको बताए ।
उनले आफ्नो चुनावी मूलनारा ‘अबको आशा युवाको भरोसा तथा युवाको प्रारम्भ,नयाँ युगको आरम्भ’रहेको बताए । निर्वाचन क्षेत्र नुवाकोट क्षेत्र नं.२ (क)को समग्र विकासको आफ्नो खाकाबारे बताउँदै ठूलाठूला विकास गर्नेभन्दा वर्तमान अवस्थामा देखिएका जल्दाबलदा समस्या,घर–घरमा स्वच्छ पिउने पानी, निःशुल्क स्वास्थ्य, शिक्षा,महिलाहरुलाई सीपमूलक कार्य, कृषिमा आधुनिकीकरण गर्ने, उत्पादनलाई बजारको पहुँचमा पुर्याउने,कृषकको उत्पादनमा बिमा तथा युवालाई स्वदेशमै रोजगारी जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे ।
विकास र समुन्नतिका लागि अग्रस्थानमा रहेर मतदातको सुझाव संकलन र सहयोगका साथ अगाडि बढ्ने पनि उम्मेदवार लामाले बताउनुभयो
क्याटेगोरी : समाचार
ट्याग : #जनताको घरदैलोमा राप्रपा उम्मेदवार लामा, #दिपेश लामा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्