पोखराका युवा ब्यवसायी राजेन्द्र गौतम विभूसित
काठमाडौँ । पोखराका युवा ब्यवसायी राजेन्द्र गौतम ईजिप्टको अलेक्जेन्ड्रिया शहरमा सम्पन्न कार्यक्रममाझ एम एस एन एक्सीलेन्स अवार्डबाट विभूसित भएका छन ।
राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा सम्पन्न एम एस एन एक्सीलेन्स अवार्ड, २०१९ु बाट उनी सम्मानित भएका हुन । उनी ब्यापार विधातर्फबाट सम्मानित भएका छन ।
अलेक्जेन्ड्रियाको शेराटन होटेलमा मार्च १६ तारिखमा आयोजित अवार्ड कार्यक्रम माझ गौतमले सो अवार्ड ग्रहण गरेका थिए ।
को हुन राजेन्द्र गौतम ?
राजेन्द्र गौतम हिल बर्ड हाउजिङ एण्ड डेभलवर्श प्रा लि का
प्रवन्ध संचालक हुन । पोखरालाई कर्म क्षेत्र बनाई रीयल स्टेट बिजनेशलाई अगाडी बढाएका गौतम होटल ब्यवसायमा समेत संग्लग्न रहेका छन । एक सामान्य परिवारमा जन्मिएका गौतमले नेपालमा ब्यवसाय शुरु गर्नु अघि वैदेशिक रोजगारीका लागि युएई गएर श्रम गरेका थिए । गौतमले विदेशी भूमिमा आर्जेको कमाई स्वदेशमा लगानी गर्दै ब्यवसायीक जीवनको नयाँ अध्याय कोरेका थिए । लगन र परिश्रमका साथ आफ्नै देशमा रहेर काम गर्ने हो भने कम पुजीको लगानीबाट पनि सफलता हासिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण हुन राजेन्द्र गौतम ।
साथी संगतमा रमाउने स्वभावका राजेन्द्र सामाजिक चेतका धनी पनि हुन । उनले दुस्खमा पर्दै आएका जोकोहीलाई आफू सक्य सहयोगको हात फैलाउने गर्दै आएका छन । मिजासपूर्ण बोली बचन, निस्वार्थपन र सहयोगी भावनाका कारण उनलाई रिझाउने मानिसहरु उत्तिकै छन । आफ्नो कमाइ प्रति कत्ति पनि घमन्ड नगर्ने स्वभावका उनीसग ब्यवसायिक सम्बन्ध गास्दा जो कोहीले ढुक्क र सुरछित भएको महशुस गर्ने गर्दछन । त्यसैले पनि उनले थालनी गरेको ब्यवसायीक यात्राले एक दसक पुग्दा नपुग्दै सफलताको सिढी पार गरेको छ ।
कार्यक्रम माझ गौतम सहित विगत लामो समयदेखि देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा संलग्न रहि पृथक ढंगले अतुलनीय योगदान पुर्याउदै आएका नेपालीहरुलाई सम्मान प्रदान गरिएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #गौतम विभूसित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्