१७ हजारले ज्यान गुमाउनुको स्पष्ट कारण खोई : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका कारण १७ हजारले ज्यान गुमाउनुकोे उपलब्धी र कारण आज नेपाली जनताले खोजिरहेको बताएका छन् ।
बुधबार झापाको दमकमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली जनताले के उदेश्यका लागि १७ हजार नेपाली जनताले ज्यान गुमाउनुपरेको हो स्पष्ट कारण देखाउन चुनौती दिए ।
उनले ठूला(ठूला सपना देखाएर मृत्यु हुनेको कुरा मात्रै नभई बेपत्ता हुनेका परिवार र घाइतेको अवस्था अहिलेसम्म दर्दनाक रहेको बताए । क्रान्तिको नाम दिएर जनता उचाल्ने पार्टी नै सक्तामा पुगेपनि द्धन्दकालका कयौँ घाइतेले अझैसम्म उपचार नपाएर मृत्यु शैयामा छट्पटाइरहेका ओलीले बताए ।
घाइतेहरुका लागि नेकपा एमालेको नेतृत्वमा सरकार बनेपछि उपचार र भक्ताको व्यवस्था गरिने ओलीको भनाई थियो । यस्तै, ओलीले देश विकासको जिम्मा अब एमालेले लिएको बताए ।
एमालेको सरकार बन्नुअघि अन्य दलका सरकार बने पनि एमालेको सरकार आएपछि विकास निर्माणले गति लिएको अध्यक्ष ओलीको जिकिर थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता घनेन्द्र योङ्या, बलभद्र कोइराला, मोहन कार्कीसहित २ सय कांग्रेसका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई कार्यक्रममै अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्