सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा

काठमाडौँ । नेकपा एमालेबाट काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधीसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सहुलियत दरमा स्वास्थ्यसेवा प्रदान गर्ने घोषणा गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ६ लाई नमूना क्षेत्र बनाउने उद्घोषका साथ निर्वाचनमा होमिनुभएका पूर्व प्रहरी प्रमुख खनालले ६० वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई रु ५०० तिरेर स्वास्थ्यसेवा प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
उहाँले काठमाडौँ क्षेत्र नं ६ भित्रका निर्माणाधीन पार्कलाई पुरा गर्ने, बढ्दो शहरीकरणबीच खुला सार्वजनिक पार्क अति आवश्यक पर्ने हुँदा सम्भाव्यता अध्ययन गरी पार्क विस्तार गरिने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ मा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९, १० र ११ साथै तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् ।
काठमाडौँको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार १०२ मतदाता छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्