रुपन्देहीको देवदह नगरपालिमा एक दम्पती मृत भेटिए

रुपन्देही रुपन्देहीको देवदह नगरपालिका ९५ पाल्पाली टोलमा एक दम्पती मृत भेटिएका छन् ।
सोमबार बिहान श्रीमान्(श्रीमती मृत अवस्थामा भेटिएका हुन् । घरभित्र चुकुल लागेको अवस्थामा उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारबाट केही दिनअघिमात्र छुट्टीमा आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला मृत भेटिएका हुन् ।
श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा छ । बोलिन्द्र पंखामा झुण्डिएको अवस्थामा भेटिएका छन् । पत्नीको हत्या गरेर पछि बोलिन्द्रले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको देवदह प्रहरी चौकीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #रुपन्देहीको देवदह नगरपालिमा एक दम्पती मृत भेटिए
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्