Techie IT
सोमबार, वैशाख २२,२०८२

ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न लागि परेका छौँ : एकनाथ ढकाल


काठमाडौं । नेपाल परिवार दल जिल्ला कार्यसमिति काठमाडौंले शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

नेकपा एमालेसँग चुनावी सहकार्य गरेको नेपाल परिवार दलले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा केन्द्रित चुनावी अभियानलाई देशब्यापी रूपमा सञ्चालन गरिरहेको परिवार दलले काठमाडौं उपत्यकामा एमालेका उम्मेदवार जिताउन अभियान नै सञ्चालन गरेको छ ।

गोंगबुमा भएको कार्यक्रममा नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेदबार तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले देशैभरिबाट एमालेको विजय अभियानलाई कसैले रोक्न नसक्ने बताए । पूर्वमन्त्री समेत रहेका ढकालले विचारमा भिन्नताको बाबजुत पनि राष्ट्रियता, विकास, सुशाशन र समानताको एजेन्डा स्थापित गर्न नेकपा एमालेसँग चुनावी सहकार्य गरिएको बताए ।

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको उनको भनाइ छ । नेता ढकालले जनताको बहुदलीय जनवाद आफ्नो पार्टीले पनि आत्मसात गरेको बताउँदै प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सूर्य च्हिनमै मतदान गर्न आफ्ना कार्यकर्ता तथा आम मतदातामा अनुरोध गरेका छन् ।

ढकालले नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनाल एक कुशल, दक्ष र योग्य उम्मेदवार भएकाले काठमाडौं–६ ले त्यस्तो व्यक्तिलाई आफ्नो जनप्रतिनिधि बनाउनुपर्नेमा जोड दिए । काठमाडौं–६ ले गुमाउनै नहुने अवसर यसपटक आएको भन्दै ढकालले मङ्सिर ४ पछि केपी ओली प्रधानमन्त्री बन्ने र काठमाडौं–६ को सुन्दर भबिष्य निर्माणका लागि एमालेको उम्मेदवारको जित आवश्यक रहेको तर्क गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #एकनाथ ढकाल, #नेपाल परिवार दल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545