ललितपुरमा दुई सय ९० मतदान केन्द्र निर्धारण

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा दुई सय ९० मतदान केन्द्र निर्धारण गरिएको छ ।
निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ ।
ललितपुरमा कूल दुई लाख ५० हजार चार सय १० मतदाता छन् । निर्वाचन कार्यालयसँगको समन्वयमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो । निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकमा सुरक्षा व्यवस्थापन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विनोद पोखरेलले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, #ललितपुरमा दुई सय ९० मतदान केन्द्र निर्धारण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्