कांग्रेस नेताले बेचेको सार्वजनिक जग्गामा एमाले उम्मेदवारको इन्ट्री

भक्तपुर। नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्यले आफ्नो श्रीमतीको नाममा ल्याएको सार्वजनिक जग्गा रहेको स्थानमा एमालेका उम्मेदवारहरूले घरदैलो कार्यक्रम गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको दौरान घरदैलो गर्ने क्रममा एमालेका उम्मेदवारको समूह त्यहाँ पुगेको हो ।
पूर्व भूमीसुधारमन्त्री आचार्यले आफू मन्त्री भएको समयमा मध्यपुर थिमी नगरपालिका–३ को सागबारीमा रहेको हनुमन्ते नदीको जग्गा आफ्नी श्रीमतीको नाममा ल्याएका थिए । आफ्नी कान्छी श्रीमती विमली उपाध्यायको नाममा रहेको हनुमन्ते नदीको ५५ रोपनी सार्वजनिक जग्गालाई आफ्नी श्रीमतीको नाममा ल्याएका थिए ।
जग्गाको विवादकै कारण हाल निर्माणाधीन हनुमन्ते कोरिडोर समेत निर्माण सम्पन्न हुन सकेको छैन । नदीको जग्गा व्यक्तिको नाममा आएकाले हनुमन्ते कोरिडोर निर्माण रोकिएको छ । जसमा वर्तमान गठबन्धनको सरकारले बजेट समेत कटौती गरेको छ । वर्तमान सरकारले विकासमा अवरोधमात्र गरेको नभई नेता आचार्य र उनको परिवारलाई जोगाउने तवरले आयोजनालाई रोक्ने प्रयास समेत गरिरहेको स्थानीयवासीले बताए ।
उक्त जग्गा रहेको स्थानमा आज नेकपा एमालेका उम्मेदवारहरूले घरदैलो कार्यक्रम गरेका छन् । एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं। २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत, समानुपातिक उम्मेदवार गोविन्द दुलाल, प्रदेशसभा ‘ख’का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, बागमती प्रदेश सदस्य मदनसुन्दर श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, अनेमसंघ भक्तपुर जिल्ला अध्यक्ष उत्तरा नेपाललगायत नेता तथा कार्यकर्ता र स्थानीयवासीले घरदैलो गरेका हुन् ।
त्यसै क्रममा एमाले उम्मेदवारसहितको टोलीले कांग्रेस नेता आचार्यले हनुमन्ते नदीको जग्गा कब्जा गरिएको स्थानका आसपासमा समेत घरदैलो गरेका छन् । घरदैलोका क्रममा उम्मेदवार बस्नेतले ५५ रोपनी जग्गा पुनः सार्वजनिक बनाई हनुमन्ते कोरिडोर निर्माण गर्ने दृढता व्यक्त गरे ।
सार्वजनिक जग्गालाई पहुँचका भरमा निजी बनाई भूमाफियाको कार्य गर्नु सबैभन्दा ठूलो अपराध भएको उल्लेख गर्दै उक्त जग्गा फिर्ता ल्याई हनुमन्ते जग्गा एकीकरण गरी कोरिडोर निर्माण सम्पन्न गर्ने उल्लेख गरे । जग्गा एकीकरण आयोजना सञ्चालन गरी हनुमन्ते कोरिडोर निर्माण गर्दा व्यक्तिको सम्पत्तिलाई असर पर्ने नभई फाइदा हुने उल्लेख गर्दै उनले कोही पनि नागरिक कोरिडोर निर्माणले नै गर्दा सुकुम्वासी बन्नु नपर्ने ठोकुवा गरे ।
‘दुषित मनसायका साथ हनुमन्ते नदीको ५५ रोपनी जग्गा पूर्वमन्त्री तथा कांग्रेसका नेता जगन्नाथ आचार्यकी कान्छी श्रीमती विमली उपाध्यायाको नाममा ल्याइएको छ । सार्वजनिक जग्गा आफू पहुँचमा भएको समयमा व्यक्तिको नाममा नामसारी गर्नु राज्यकै लागि ठूलो अपराध हो,’ उम्मेदवार बस्नेतले भने, ‘त्यसैले अब मंसिर ४ पछि एमालेको सरकार बन्नेछ र उक्त जग्गा पुनः सार्वजनिक हुनेछ । त्यसपश्चात हनुमन्ते एकीकरण आयोजनाको माध्यमबाट जग्गा व्यवस्थापन गरी उक्त क्षेत्रका जनतालाई व्यवस्थित व्यवस्थापनसहित कोरिडोर निर्माण हुन्छ । हनुमन्ते कोरिडोरकै कारण कोही पनि नागरिक जग्गाविहीन हुने अवस्था आउँदैन ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेस नेताले बेचेको सार्वजनिक जग्गामा एमाले उम्मेदवारको इन्ट्री, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्