काठमाण्डौं क्षेत्र नंं ५ मा नेकपा एमालेको घरदैलो अभियान तिव्र

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् ।
काठमाडौं क्षेत्र नम्बर-५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि घरदैलोमा व्यस्त छन् । यसअघि पनि काठमाडौं क्षेत्र ५ कै प्रतिनिधि रहेका पोखरेल फेरि पनि प्रतिनिधि बनेर आउनुपर्ने अधिंकाशको इच्छा छ ।
पोखरेलका प्रमुख प्रतिद्वन्दी बनेर आएका कांग्रेसका प्रदीप पौडेलले क्षेत्र नम्बर ५ का जनताले पत्याउन सकेका छैनन् । क्षेत्र नम्बर ५ मै थातथलो भएका पोखरेलको विकल्प मतदाताले देखेका छैनन् । यस क्षेत्रका जनता परिवेश चिनेको नेता आवश्यक ठान्छन् जसका लागि पोखरेल नै उपयुक्त छन् ।
यसअघि पोखरेलले जितेपछि आफ्नो स्थानमा धेरै नै परिवर्तन आएको टोखा नगरपालिका वडा नम्बर ३ का एक स्थानीय बताउँछन् । ‘उहाँ जितेर आएपछि हाम्रो टोल नै उज्यालो भएको छ । अब पनि उहाँ नै हाम्रो प्रतिनिधि भएर आउनुपर्छ, उनले भने ।’
पोखरेलको कामबाट आफूहरु सन्तुष्ट रहेको यस क्षेत्रका स्थानीयहरु बताउँछन् । बाटो, विद्यालय, अस्पतालको निर्माण तथा स्तरोन्नति जस्ता अधिकांश कार्य पोखरेलको यसअघिको कार्यकालमा यस क्षेत्रमा भएको छ ।
‘उहाँले जितेर आएपछि सडक पनि धेरै राम्रो र सहज भएको छ । विशेषगरी पहिला यो क्षेत्रका भित्री सडकहरुमा साँझ परेपछि महिलाहरुलाई एक्लै हिँड्न डर लाग्नेस्थिती थियो । तर अहिले उहाँको कार्यकालमा सडकमा बत्ती, सीसी क्यामेरा राखिएको छ । जसले गर्दा निर्धक्क भएर रातको १२ बजेपनि हिँडन सक्ने अवस्था बनेको छ, अर्का एक स्थानीयले भने ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल, #काठमाण्डौं क्षेत्र नंं ५ मा नेकपा एमालेको घरदैलो अभियान तिव्र
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्