Techie IT
सोमबार, असार १६,२०८२

१४ वर्षीय बालकको हत्याको अभियोगमा ५ जना पक्राउ


झापा । झापाका एक १४ वर्षीय बालकको हत्या गरेको अभियोगमा ५ जना किशोरहरु पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मौवा खोलामा आयोजित छठ मेलामा झापा दमक नगरपालिका–१० बस्ने दियुस श्रेष्ठमाथि आइतबार चक्कु प्रहार भएको थियो ।

चक्कु प्रहारबाट घाइते बनेका श्रेष्ठलाई स्थानीय गोदावरी अस्पतालमा उपचारपछि बीएन्डसी अस्पताल विर्तामोड लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको सोमबार बिहान निधन भएको थियो ।

श्रेष्ठको मृत्युपछि जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा मोरङ उर्लाबारीका १७ वर्षीय सरोज बस्नेत, १७ वर्षीय सन्देश खवास, १६ वर्षीय सपन खत्री, १६ वर्षीय मञ्जिल माझी र १७ वर्षीय विकास तामाङलाई घटनामा प्रयोग भएको चक्कुसहित पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार पूर्व रिसिईबीका कारण चक्कु प्रहार भएको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #१४ वर्षीय बालकको हत्याको अभियोगमा ५ जना पक्राउ, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545