आज तीन राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तीन राजनीतिक दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज सोमबार घोषणापत्र सार्वजनिक गर्दैछन् ।
माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे कार्यक्रम गरेर ‘प्रतिबद्धतापत्र’ सार्वजनिक गर्न लागेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको जनाइएको छ ।
यस्तै, एकीकृत समाजवादीले पनि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गर्न लागेको छ । एकीकृत समाजवादीले घोषणापत्र लेखनका लागि उपमहासचिव गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय समिति गठन गरेको थियो ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि बिहान साढे ११ बजे बानेश्वरको एउटा ब्याङ्क्वेटबाट घोषणापत्र सार्वजनिक गर्दैछ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार संक्षिप्त घोषणापत्र तयार पारिएको छ । घोषणापत्रमा अनावश्यक कुरा नराखिएको र गर्न सक्ने काममात्र उल्लेख गरिएको उहाँको भनाइ छ ।
मुख्य दलमध्ये कांग्रेसले प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेको छ भने एमालेले पनि तयारी गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तीन दलले आज घोषणापत्र सार्वजनिक गर्दै, #नेकपा ( माओवादी केन्द्र, #प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्