तिहार बिदामा चित्लाङ्गमा अहिले सम्मकै धेरै पर्यटक , एकै दिन एक हजार पुगे चित्लाङ्ग

चित्लाङ्ग । काठमाडौंको दक्षिण भेगमा गर्ने एउटा परम्परागत बस्ती । अत्याधुनिक शहर काठमाडौंसँगै रहेको गाँउ । जहाँ सामान्य जीवन छ । गाँउले परिभेष छ ।
पहाडको बीचमा समथर जमिनमा छ, चित्लाङ्ग । यहाँ सधै हरियाली देखिन्छ, सिमसार छ । बस्तीमा पुराना घरहरु छन् ।
चित्लाङ्ग पुग्न एउटै सझिलो बाटो छ । थानकोटबाट सिधै उकालो लाग्ने । चन्द्रागिरी नपुग्दै देउराली भेटिन्छ । यहि देउरालीबाट देखिन्छ रमणिय चित्लाङ्ग । देउरालीबाट ओरालो झर्नु पर्छ । बनको बाटो ओरालो झरेपछि चित्लाङ्ग पुगिन्छ ।
चित्लाङ्गमा स्थापना भएका घरबास अर्थात होमस्टेमा बिदा मनाउन जान आन्तरिक पर्यटकको घुईचो हुने गर्दछ । परिवारिक जमघट वा साथीसगँको समुहमा जानेका लागि राम्रो आवास तथा खानाको व्यवस्था रहेको छ । ग्रामीण परिवेश र कच्ची सडक भएपनि पानी नपरेको समयमा दुई वा चारपाग्रे सवारी साधनमा सजिलै पुग्न सकिन्छ ।
गाउँले परिवेशको घर वा रिसोर्टको समेत झल्को दिने संरचना, पूर्वाधार तथा सुविधा रहेको छ । प्रत्येक शुक्रबार वा सार्वजनिक बिदाका दिन घुम्न आउने पर्यटकको चापले त्यहाँका मानिसको जीवनस्तर उकास्नमा सहयोग पुगेको छ । एउटा ५ जनाको समुहले करिब ६ हजार ५ सय बराबरको रकम खर्चेर स्थानीय उत्पादनसहितको स्वादिस्ट खाना, सुविधायुक्त आवासको उपयोग गर्दै एक रातको समय बिताउन सकिन्छ । धेरै नेवारी तथा तामाङ्ग समुदायको बाहुल्यता रहेको चित्लाङ्गको अतिथि सत्कार तथा बिदाईको पनि आफ्नै शैली रहेको छ ।
चित्लाङ्ग भ्रमण पछि धरैले नयाँ उर्जा प्राप्त गरेको अनुभुती गरेका छन् ।
तर जाडो बढेसंगै र तिहार बिदामा चित्लाङ्गमा आन्तरीक पर्यटकहरुको ठुलो भिड लागेको छ ।
चित्लाङ्ग अर्गानिक भिलेज रिर्सोटका संचालक दिपक नेपालका अनुसार हालसममकै धेरै पर्यटक चित्लाङ्ग पुगेका छन । शुक्रबार चित्लाङ्गमा मात्रै १००० भन्दा बढी पर्यटक भित्रिएका छन भने कुलेखानी र मार्खुमा पनि करिब २००० भन्दा बढी पर्यटक भित्रियका छन । तिहार बिदा र चिसो बढेसंगै चित्लाङ्ग पर्यटकहरुको पहिलो गन्तब्य बन्न पुगेको छ ।
चित्लाङ्ग अर्गानिक भिलेज रिर्सोटका संचालक दिपक नेपालका अनुसार खचाखच पर्यटकका कारण होटल र होम स्टे खचाखच भरिएको छ भने क्षमता भन्दा दोब्बर बढी पाहुना राख्नु परेको उहाँको भनाई छ ।
मकवानपुर जिल्लाको थाहा नगरपालिकामा रहेको चित्लाङ्गको प्रकृतिक शौन्दर्यता र घरवासको व्यवस्थाले आन्तरिक पर्यटकको संख्या बढेको छ । विभिन्न शहरी भु भागबाट शान्त वातावरण, प्रदुषणरहित हावा तथा नेपाली खानाको स्जादका लागि धेरैको रोजाईमा पर्ने गरेको छ । काठमाडौको बल्खु कुलेखानी हुँदै करिब ६० किलोमिटरको दुरी पार गरेपछि पुगिने चित्लाङ्गको मनोरम दृश्यले धेरैलाई आनन्द प्रदान गरेकै कारण चित्लाङ्ग लोकप्रीय बन्दै गएको हो
।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #hot, #चित्लाङ्गमा अहिले सम्मकै धेरै पर्यटक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्