कैलालीमा पानीमा डुबेर २ जनाको मृत्यु
कैलाली । कैलालीमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका २ मालिका टोलका नरीबहादुर ऐरका १ वर्षीय छोरा वीरेन्द्र ऐरको धारामा भरी राखेको बाल्टिनमा डुबेर मृत्यु भएको छ ।
बाल्टिनमा डुबेर घाइते भएका ऐरको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
यस्तै धनगढी उपमहानगरपालिकाको सन्तोषी टोलका आर्यन लामाको मछली नदीमा डुबेर मृत्यु भएको छ । साथीहरूसँग गोदावरी नगरपालिकाको कोलमुडामा पिकनिक खान गएका लामा नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
प्रहरी टोलीले खोजी गर्दा मछली नदिको तालमा लामा मृत अवस्थामा भेटिएका प्रवक्ता जोशीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कैलालीमा पानीमा डुबेर २ जनाको मृत्यु भ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्