नेपाली कांग्रेसको घोषणापत्र शनिबार सार्वजनिक गरिने

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयार गरेको संकल्पपत्र (घोषणापत्र) शनिबार (भोलि) सार्वजनिक हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने गरी समय तय भएको मस्यौदा तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने भएको छ । महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो ।
घोषणापत्रलाई अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको छ । कांग्रेसको घोषणापत्रका लागि वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, युवा राजनीतिक विश्लेषक शंकर तिवारी, महामन्त्री थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेललगायतले तयार गरेका छन् ।
यसअघि ७ कात्तिक सार्वजनिक गर्ने भनिएको उक्त घोषणापत्र कार्यक्रम स्थगित गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #नेपाली कांग्रेसको घोषणापत्र शनिबार सार्वजनिक गरिने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्