मुलुकको राजनीतिलाई प्रदुषित गर्ने आपराधिक धन्दालाई एमालेले चिर्छ: ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उदेश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन् ।
गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम, गन्तव्य नरहेको र एमाले सिद्धाउनमा मात्रै ध्यान केन्द्रीत रहेको उपाध्यक्ष पोखरेलले बताएका हुन् । एमालेको उदेश्य राजनीतिक स्थायित्व, मुलुकको बिकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने पोखरेलको भनाई छ ।
नीतिहिन, सिद्धान्तहिन र अस्थीरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई बिकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए । त्यस्तै पोखरेलले तिहार लगतै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए ।
घोषणापत्रमा यसअघि एमाले सरकारले गरेका काम र योजनाहरु आउने बताए । अहिले पनि मुलुकको राजनीतिलाई प्रदुषित गर्ने अपराधिक धन्दा चलिरहेको भन्दै पोखरेलले त्यसले सिर्जना गरेका भ्रमहरुलाई एमालेले चिर्ने जिकिर गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्