Techie IT
सोमबार, असार १६,२०८२

देवरत्न कोल्ड स्टोर फुटाई मदिरा चाेरी गर्ने पक्राउ


काठमाडौं । प्रहरीले मदिरा पसल फुटाएर चाेरी गर्दै गरेकाे अबस्थामा दुई जनालाई पक्राउ गरेकाे छ । काठमाडौ चन्द्रागिरि ४ थानकोट त्रिभुवन स्मारक पार्क स्थित देवरत्न महर्जनले संचालन गरेको देवरत्न कोल्ड स्टोर पसल फुटाई चाेरी गर्दै गरेकाे अबस्थामा थानकोट बृत्तले दुई जनालाई पक्राउ गरेकाे हाे ।

प्रहरी वृत्त थानकोटकाे गस्ती टाेलीले मदिरा पसल पुटाई मदिरा जन्य सामाग्री झाेलामा प्याक गर्दै गरेकाे अबस्थामा पक्राउ गर्न सफल भएकाे काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला अर्घाखाँची छत्रदेव गा.पा. वडा नं. २ घर हुने बर्ष ५८ को अर्जुन बहादुर कुमाल र जिल्ला धादिङ त्रिपुरासुन्दरी गा.पा. वडा नं. २ घर हुने बर्ष ५० को अर्जुन अधिकारी छन् ।

प्रहरीले उनिहरूकाे साथवाट सिग्नेचर ५ बोतल, ब्लु रिमाईन्ड १ बोतल , एप्पल साईडर १ बोतल , गोल्डेक वाक ११ बोतल, रोयल विस्की २ बोतल , मिनस्क भोड्का १ बोतल , ८८४८ भोड्का १ बोतल बरामद गरेकाे छ । उनिहरूलाई म्याद थप गरि थप अनुसन्धानका लागि प्रहरी प्रभाग बलम्वुमा राखिएको थानकोट वृत्तले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #देवरत्न कोल्ड स्टोर फुटाई मदिरा चाेरी गर्ने पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545