Techie IT
सोमबार, वैशाख २२,२०८२

नेपाली कांग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने


काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि घोषणापत्र सार्वजनिक गर्दैछ ।

कांग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति सदस्य जीवन परियारका अनुसार आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय गरएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री निवास वालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्नेछन् ।

‘डिजिटल्ली घोषणापत्र सार्वजनिक गर्ने तय भएको छ । सभापतिसहितका नेताहरुले वालुवाटारबाट डिजिटल्ली सार्वजनिक गर्नुहुन्छ,’ परियारले भने ।

 

तर, लेखन समितिमा रहेकाहरु भने पार्टी कार्यालय सानेपा ललितपुरमा रहनेछन् । उनीहरुले पत्रकारहरुँग घोषणापत्रसँग सम्बन्धित रहेर अन्तरक्रियासमेत गर्नेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #नेपाली कांग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545