वरिष्ठ उपाध्यक्ष पोखरेलको चुनावी अभियानमा राष्ट्रिय खेलाडीहरूको साथ

काठमाडौं । ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले आगामी निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेललाई साथ दिने घोषणा गरेका छन् ।
काठमाडौंको महाराजगञ्जमा आज आयोजित कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू हरि खड्का, राकेश श्रेष्ठ, दीपक तामाङ, कमल तामाङ, सञ्जु महर्जन, अमर लामासहित सय जना भन्दा बढी खेलाडीहरूले काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेल, प्रदेश सभा ५ (१) का दीपक निरौला र ५ (२) का नारायण सिलवाललाई साथ दिने घोषणा गरेका हुन् ।
खेलाडीहरूसँग ईश्वर पोखरेल नामक कार्यक्रममा खेलाडीहरूले एमालेको पालामा खेल क्षेत्रमा उल्लेख्य काम भएको भन्दै साथ दिने बताएका थिए ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सधैं खेलाडीहरूको साथमा रहेको बताए । एमालेको पालामा एउटा पालिका, एउटा खेलकुद ग्रामको सुरुवात गरेको बताउँदै उनले काठमाडौं क्षेत्र नम्बर ५ को टोखा र बुढानीलण्ठका कभर्ड हल निर्माण गरिएको जानकारी दिए ।
भूकम्पपछि क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माणदेखि देशभरका खेलाडीको बीमा कार्यक्रम र दक्षिण एशियन खेलकुद प्रतियोगिता तथा ओलम्पिकका विजेता खेलाडीलाई मासिक भत्ताको व्यवस्था एमाले सरकारले गरेको उनले स्मरण गरे ।
एमालेको चुनावी अभियानमा साथ दिँदै नेपाली माइकल ज्याक्सनका नाममा चर्चित कलाकार रेमण्ड सापकोटाले पनि प्रस्तुति दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #वरिष्ठ उपाध्यक्ष पोखरेलको चुनावी अभियानमा राष्ट्रिय खेलाडीहरूको साथ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्