सन्दीप लामिछाने विरुद्धको अभियोगपत्र आज दर्ताको तयारी

काठमाडौं । बलात्कार आरोपपछि प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आइतबार (आज) अदालतमा अभियोग पत्र दर्ताको तयारी भएको छ। शुक्रबार अपरान्ह अनुसन्धान प्रतिवेदन प्रहरीले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार आइतबार अभियोगपत्र दर्ताको तयारी भइरहेको बतायो। आज अभियोग पत्र दर्ता भएपनि तिहार नसकिँदासम्म सन्दीप प्रहरी हिरासतमै रहने सम्भावना छ । सोमबारदेखि अदालत विदा हुने भएकाले बयान र थुनछेक बहसको काम प्रभावित हुने भएको हो।
सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। उनीमाथि १७ वर्षीय किशोरीले बलात्कारको आरोप लगाएकी छिन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने, #सन्दीप लामिछाने विरुद्धको अभियोगपत्र आज दर्ताको तयारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्