Techie IT
शुक्रबार, वैशाख १८,२०८३

दोहोरी गायिका जेरी र गायक शंकर क्षेत्रीले गरे सम्बन्धबिच्छेद


काठमाडौं। लोक दोहोरी गायिका बबिता बानिँया ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्धबिच्छेद गरेका छन् ।

उनीहरूले शुक्रबार जिल्ला अदालत काठमाडौंबाट सम्बन्ध विच्छेद गरेका हुन् । बबिता दम्पतीले केही दिनअघि जिल्ला अदालत काठमाडौंमा सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।

तीन वर्षअघि विवाह बन्धनमा बाँधिएका गोरखाकी जेरी र नेपालगञ्जका शंकरको साढे दुई वर्षीया छोरी छिन् । छोरी जेरीसँग रहने र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने गरी समझदारी भएको बुझिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #दोहोरी गायिका जेरी र गायक शंकर क्षेत्रीले गरे सम्बन्धबिच्छेद


तपाईको कमेन्ट लेख्नुहोस्