सर्वोच्च अदालत सेटिङको अखडामा परिणत: केपी ओली

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत सेटिङको अखडामा परिणत भएको बताउनुभएको छ ।
नेकपा एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न घण्टा तोकेर दिइएको परमादेश ऐतिहासिक गल्ती गरेको सर्वोच्चले अब त्यस्तो दोहोरिन नपाउने बताउनुभएको छ ।
ओलीले भन्नुभयो–अदालतले संविधानका नाममा जे मन लाग्यो त्यही फैसला गर्छ । अदालतमा न्यायाधीशहरुले हडताल गरेर तमासा देखाउँछन् । प्रधान न्यायाधीशलाई कुर्सीमा बस्न दिइनन् । एउटा न्यायाधीशले अर्कोलाई लाञ्छित गर्छ । प्रधान न्यायाधीशलाई घरमा नजबरन्द गरिन्छ । अधिवक्ता र तीनका संस्थाले न्यायालयको हुर्मत लिन्छन् । यो भन्दा तमासा के हुन्छ ?
ओलीले लोकतन्त्रलाई परमादेश होइन जनादेशमार्फत बलियो बनाउनुपर्ने र त्यसका लागि मंसिर ४ गते जनताले फैसला गर्नुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #सर्वोच्च अदालत सेटिङको अखडामा परिणत: केपी ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्