नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु, बजारमा बढ्यो चहलपहल
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ।
कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
तिहार सुरु भएसँगै बजारमा चहलपहल र झकिझकाउ सुरु भइसकेको छ। तिहारमा बजारमा मानिसहरूको भीड लाग्न थालेको छ।
काठमाडौँको निकै व्यस्त रहने बजार असन, इन्द्रचोक, न्युरोड, नयाँबानेश्वर क्षेत्रमा तिहारका लागि चाहिने सामग्री किनबेच गर्नेहरूको भिड लाग्न थालेको छ ।
व्यापारीहरूले विशेष गरेर भाइटीकाको दिन आवश्यक पर्ने भाइ मसला, मखमली फूलको माला, ओखर, सप्तरङ्गी टीका, दियोलगायत सामग्री बिक्रीका लागि राखेका छन्।
झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु, #बजारमा बढ्यो चहलपहल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्