फाष्ट ट्र्याकको निर्माण सामाग्री चोरी गर्ने चार जना पक्राउ
मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका–१२ जितपुर भञ्ज्याङमा फास्ट ट्र्याक निर्माणका लागि राखिएका फलामका सामानहरू चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्रबहादुर विक, बकैया गाउँपालिका–१२ कोलखोप बस्ने २२ वर्षीय अविरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायणबहादुर मोक्तान रहेका मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार फलामको सामनहरू १२/१३ क्विन्टल बराबरको रहेको छ। फलामको सामनहरू चाेरी गरी ना ५ ख १४४३ नम्बरको जीपमा लिएर जाँदै गरेको अवस्थामा अस्थायी प्रहरी पोस्ट जितपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
समान बाेकेकाे जीपलाई अगाडि बाटो देखाउँदै हिँड्दै गरेको बा ५५ च ८५०२ नम्बरको मोटरसाइकललाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जीप, मोटरसाइकल नियन्त्रणमा लिएकाे र पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय हेटौँडा ल्याइएको प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #फाष्ट ट्र्याकको निर्माण सामाग्री चोरी गर्ने चार जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्