Techie IT
सोमबार, वैशाख २२,२०८२

आयोगले कात्तिक  ९ मा समानुपातिकको अन्तिम बन्दसूची प्रकाशन गर्ने


काठमाडौं । निर्वाचन आयोगले  कात्तिक ९ गते समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने भएको छ ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिकाअनुसार दाबीविरोध गर्ने समय समाप्त भएपछि कुनै उम्मेदवारको सम्बन्धमा दाबीविरोध परेमा त्यसको आवश्यक जाँचबुझ र निर्णयसमेत गरी ९ कात्तिका अन्तिम बन्दसूची प्रकाशन गर्ने आयोगले जनाएको छ ।

उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्दा दलले पेस गरेको बन्दसूचीमा रहेको क्रमसमेत खुलाई सम्बन्धित समावेशी समूहको उम्मेदवारको नाम क्रमबद्ध प्रकाश गरिने भएको छ । यस्तै, आयोगले उम्मेवारको अन्तिम बन्दसूची प्रमाणित गरी सम्बन्धित दललाई बुझाउने छ ।

आयोगले गत १६ असोजमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको बन्दसूची बुझाउने मिति तोको थियो । त्यसपछि पनि आयोगले बन्दसूचीमा भएका नाम सच्याउन, उम्मेदवारी फिर्ता लिन, उम्मेदवार विरुद्ध परेको दाबीविरोधको निरुपणलगायतका काम गर्दै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545