प्रेस चौतारी ललितपुरद्वारा मिडिया डेस्क स्थापना
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ प्रचार प्रसारका लागि ललितपुरमा मिडिया डेस्क स्थापना गरिएको छ ।
एमाले ललितपुर जिल्ला प्रचार–प्रसार उपसमितिको आयोजना तथा प्रेस चौतारी नेपाल ललितपुरको समन्वयमा आज पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरिकृष्ण व्यञ्जनकारले उक्त डेस्कको उद्घाटन गरे ।
कार्यक्रममा व्यञ्जनकारले राष्ट्रियताका साथै किसान मजदुरको पक्षमा पार्टीका उम्मेदवारहरूले बोलेका कुरालाई प्राथमिकता दिँदै प्रचार प्रसारमा लाग्न प्रेस चौतारीमा आवद्ध पत्रकारलाई आह्वान गरेका छन् । ‘ललितपुरलाई विगतमा जस्तै एमालेको लालकिल्ला बनाउन चौतारीमा आवद्ध पत्रकारहरूको सदैव महत्वपूर्ण भूमिका रहेको छ । आउँदो निर्वाचनमा पनि त्यस्तै किसिमको भूमिका पाउने पार्टीले अपेक्षा गरेको छ,’ उनले भने ।
एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोतम आचार्यले चौतारीका साथिहरूले उम्मेदवारको कुरा मात्र प्रचार नगरी जनताको आशा र भरोसाका कुराहरूलाई पनि बाहिर ल्याउनुपर्ने भनाइ उनको छ । ‘यसका लागि पार्टीले गर्ने समन्वय र सहयोगमा कुनै कसर बाँकी राख्ने छैन,’ उनले प्रष्ट पारेका छन् ।
ललितपुर जिल्ला निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक गोपाल सञ्जेलले प्रचार विभागमा पार्टीले सहयोग र समन्वय गर्ने कुरा चौतारीमा आवद्ध व्यक्तिलाई जानकारी गराउँदै विजय गराउन लागि पर्न समेत अनुरोध गरे ।
प्रेस चौतारी ललितपुरका इञ्चार्ज ईश्वरराज ढकालले एक उम्मेदवार एक पत्रकारको अवधारणा अनुरूप आफूहरूले चौतारीका साथीहरूलाई परिचालन गरिसकेको बताउँदै तोकिएको जिम्मेवार पूर्ण रूपमा पालना हुने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रेस चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्य, वाग्मती प्रदेश कमिटीका सदस्य बाबुकाजी प्रधान, एमाले ललितपुर प्रचार विभाग सहसंयोजक राजेन्द्र न्यौपाने, एमाले ललितपुर जिल्ला कमिटी उपसचिव श्याम व्यञ्जनकार, पार्टीका आर्थिक विभाग प्रमख गम्भीर राणाको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल कम्युनिष्ट पार्टी, #प्रेस चौतारी ललितपुरद्वारा मिडिया डेस्क स्थापना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्