एमालेको सरकार बन्नासाथ वृद्धभत्ता ५ हजार: पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा एमाले उपमहासचिव तथा लमजुङका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले चुनावपछि एमाले सरकार बन्नासाथ वृद्धभत्ता ५ हजार बनाउने आश्वासन दिएका छन्
शुक्रबार बेंसीशहर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको काम गर्न एमालेलाई एकल बहुमत दिन आग्रह गरे ।
उनले भने, ‘जनताको काम गर्न एकल बहुमत चाहिनेरहेछ । हाम्रो सरकार बन्नासाथ वृद्धभत्ता ५ हजार पुर्याउँछौं । त्यो वेलामा सम्झिनुहोला एमाले र केपी ओलीलाई । सूर्य चिन्हमा भोट हालेकै कारणले वृद्धभत्ता ५ हजार पायौं भनेर सम्झिनुहुनेछ ।’
ओली नेतृत्वको सरकारले नै यसअघि वृद्धभत्ता बढाएर ४ हजार बनाएको उनले दाबी गरे । उनले भने, ‘हामीले नै ४ हजार बनाएका हौं । हुन त सरकारको ढुकुटीबाट आउने हो । तर, त्यसलाई राज्यले जनताको समस्या बुझ्नुपर्छ । अल्पसंख्यक, दलितहरुलाई पनि एमालेले भत्ताको व्यवस्था गरेको छ ।’
एमालेले जिल्ला–जिल्लामा विकासको लहर ल्याएको दाबी गर्दैै गुरुङले भने, ‘देश र जनताको हितमा हामीले काम गरेका छौं । त्यसैले जनताले गठबन्धनका उम्मेदवार जिताउने कि एमालेका भन्ने तपाईंहरुको हातमा छ । कांग्रेस र गठबन्धनले जनताको पक्षमा कुनै काम गरेको छैन ।’
क्याटेगोरी : समाचार
ट्याग : #एमाले सरकार बन्नासाथ वृद्धभत्ता ५ हजार: पृथ्वीसुब्बा गुरुङ, #पृथ्वीसुब्बा गुरुङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्