वेस्ट इन्डिजलाई पराजित गर्दै आयरल्यान्ड सुपर १२ मा

काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तरगत आज भएको समूह ‘बि’ को पाँचौँ खेलमा आयरल्यान्डले वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गर्दै सुपर १२ चरणमा प्रवेश गरेको छ ।
टर जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १४६ रन जोड्यो । वेस्ट इन्डिजका ब्रान्डन किंगले सर्वाधिक अविजित ६२ रनको योगदान गरे ।
जबाफी ब्याटिङमा उत्रिएको आयरल्यान्डले १७.३ ओभर खेल्दै १ विकेटको क्षतिमा १५० रन पुरा गरेर लक्ष्य भेट्यो । आयरल्यान्डको जितका लागि पाउल स्टिर्लिङले सर्वाधिक अविजित ६५ रन र लर्कन टुकरले अविजित ४७ रन जोडे । यसैगरी, कप्तान एन्डी बल्बिर्नाइले ३७ रनको योगदान गरे ।
हारसँगै वेस्ट इन्डिज समूह चरणबाटै बाहिरिएको छ ।
आजै समूह ‘बि’ को जिम्बावे र स्कटल्यान्डबीच हुने अन्तिम खेलमा विजयी हुने टोली सुपर १२ मा प्रवेश गर्ने छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #टी–२० विश्वकप क्रिकेट, #वेस्ट इन्डिजलाई पराजित गर्दै आयरल्यान्ड सुपर १२ मा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्