नेकपा एमाले घोषणापत्र : कस्ता आए सुझाव ?

काठमाडौं । नेकपा एमालेले तिहार लगत्तै घोषणापत्र सार्वजनिक गर्दै छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले पाँच वर्षभित्र गर्न सकिने योजना सार्वजनिक गर्न लागेको हो ।
त्यसका लागि एमालेले जनस्तरबाट सुझाव समेत माग गरेको थियो । घोषणापत्रका लागि जनस्तर र विज्ञबाट आएका सुझावलाई एमालेले संकलन, अध्ययन गरेर प्रतिवेदन लेख्ने काम गरिरहेको छ । पार्टी घोषणापत्र मस्यौदा समितिकी सदस्य तथा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार जनस्तरबाट पनि सामान्य आधारभूत आवश्यकता सम्बन्धी सुझाव आएका छन् । जनस्तरबाट दैनिकी जनजीविकाका सवाल आएको शाक्यले बताउनु भयो ।
उहाँले दीर्घकालीन आयोजना सुझावमा नआएको बताउनु भयो । एमालेले यसअघि २०७४ सालको निर्वाचनमा रेल, पानीजहाज, घरघरमा पाइपलाइनबाट ग्यास, नेपालको आफ्नै पानीजहाजका आयोजना घोषणापत्रमा समेटिएपछि विरोध भएको थियो । यो पटक सुझावमा त्यस्ता विषय नसमेट्न पनि सुझाव आएको एमालेले जनाएको छ । दीर्घकालीन योजनाभन्दा पनि पाँच वर्षभित्र गर्न सकिने योजनामात्रै घोषणापत्रमा समेट्न सुझाव आएको उपाध्यक्ष शाक्यले बताउनु भयो ।
उहाँका अनुसार शिक्षा, स्वास्थ्य, बाटो, पुल जस्ता विषयलाई घोषणापत्रमा समेट्न सुझाव आएका छन् । सबैभन्दा बढी राजनीतिक स्थिरताको विषय आएको छ । त्यस्तै संवृद्धि विकासको विषय पनि आएको उहाँले बताउनु भयो । एमालेले घोषणापत्रको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #नेकपा एमाले घोषणापत्र : कस्ता आए सुझाव ?
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्