उपेन्द्र यादवले बागी उम्मेदवारलाई गरे पार्टीबाट निष्काशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले बागी उम्मेदवारलाई कारबाही गरेको छ। आफ्नै उम्मेदवारविरुद्ध बागी बनेका उनीहरुलाई अनुशासन उल्लंघन गरेको भन्दै पार्टीबाट निष्काशित गरेको हो ।
पार्टी नीति, निर्णय विपरित स्वतन्त्र रुपमा उम्मेदवारी दिने त्यस्ता उम्मेदवारहरुले पार्टी अनुशासन उलंघन गरी उम्मेदवारी कायम राखी रहेकोले उनीहरुलाई पार्टीबाट निष्काशित गरिएको विज्ञप्तीमा भनिएको छ ।
मधेस प्रदेश र अन्य केही क्षेत्रमा जसपा र नेकपा एमालेबीच तालमेल गरिएको छ। तालमेल भएका स्थानमा र पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको छ। यसरी पार्टी निर्देशन विपरित पार्टी सदस्यहरुले उम्मेदवारी कायम राखी रहेका र पार्टीलाई असर पार्ने तथा पार्टी हित विपरित कार्य गरिरहेको हुँदा त्यस्ता उम्मेदवारहरुको पक्षमा प्रचार(प्रसार नगर्न र नलाग्न पनि सम्पूर्ण पार्टी पंक्तिलाई निर्देश विज्ञप्तिमा भनिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #उपेन्द्र यादव, #उपेन्द्र यादवले बागी उम्मेदवारलाई गरे पार्टीबाट निष्काशित, #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्