नेकपा एमालेले घोषणापत्रमा दीर्घकालीन आयोजना नराख्ने

काठमाडौं । नेकपा एमालेले घोषणापत्रमा दीर्घकालीन आयोजना नराख्ने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि तयारी गरिरहेको घोषणापत्रमा एमालेले दीर्घकालीन आयोजना नराख्ने जनाएको हो । पार्टी उपाध्यक्ष तथा घोषणापत्र मस्यौदा समितिकी सदस्य अष्टलक्ष्मी शाक्यका अनुसार एमालेले घोषणापत्रमा पाँच वर्षभित्र गर्न सक्ने काम मात्रै समावेश गर्ने भएको छ ।
उहाँले एमालेले पुराना दीर्घकालीन आयोजनाका साथै नयाँ आयोजना पनि थप नगर्ने बताउनु भयो । एमालेले रेल, पानीजहाज, मेट्रो रेल जस्ता दीर्घकालीन आयोजना नराख्ने शाक्यले बताउनु भयो । उहाँले पाँच वर्ष भित्र गर्न सकिने शिक्षा, स्वास्थ्य, बाटो, पुल जस्ता विषयलाई प्राथमिकता दिएको बताउनुभयो । एमालेले घोषणापत्र तिहारपछि सार्वजनिक गर्दै छ ।
घोषणापत्रका लागि एमालेले सुझाव संकलन, अध्ययन र लेखनको काम गरिरहेको छ । एमालेले घोषणापत्र निर्माणका लागि अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको थियो । एमालेको घोषणापत्र मस्यौदा समिति सदस्यमा पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #नेकपा एमालेले घोषणापत्रमा दीर्घकालीन आयोजना नराख्ने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्