माओवादी केन्द्रको ओरालो यात्रा निरन्तर तीव्र: एमाले नेता रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा माओवादी केन्द्रको ओरालो यात्रा निरन्तर तीव्र गतिमा बढिरहेको बताउनु भएको छ । आज बिहान सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले माओवादी केन्द्रको ओरालो यात्रा निरन्तर तीव्र गतिमा बढिरहेको र यसपटक थप तीव्रता पाउने बताउनु भएको हो ।
उहाँले भन्नुभएको छ, ‘एमालेभन्दा ठुलो कम्युनिस्ट पार्टी हुन्छौँ भनेर दाबी गर्ने माओवादी १६५ सिटमध्ये जम्मा ४२ स्थानमा चुनाव लडेको छ । यसबीचमा ठुलो संख्यामा नेता, कार्यकर्ता माओवादी पार्टीबाट बाहिरिएका छन् । माओवादी २०६४ यताका प्रत्येक निर्वाचनमा निरन्तर ओरालो लागिरहेको छ, हरेक पटक उल्लेख्य मात्रामा मत घटिरहेको छ । माओवादीको ओरालो यात्रा तीव्र गतिमा अघि बढिरहेको छ र यसपटक त्यसले थप तीव्रता पाउनेछ ।’
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपासँग गठबन्धन गरेर निर्वाचनमा गएको थियो । यसअघि माओवादी केन्द्र २०७४ को निर्वाचनमा एमालेसँग वाम तालमेल गरेर चुनावमा गएको थियो । २०६४ सालको आम निर्वाचनमा सवैभन्दा ठुलो पार्टी भएको माओवादी त्यसपछिका निर्वाचनमा आफ्नो सिट संख्या घटाउँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #विष्णु रिजाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्