गोरखा बजारमा फुटपाथ अतिक्रमण गरी संचालन पसल हटाउन निर्देशन

गोरखा । गोरखा बजारका स्थानमा फुटपाथलाई अतिक्रमण गरी संचालन गरिएका पसललाई हटाउन निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको नेतृत्वमा मंगलबार भएको बजार अनुगमनको क्रममा फुटपाथ अतिक्रमण गरी संचालन गरिएका व्यापार, व्यवसाय हटाउन निर्देशन दिएको हो ।
मंगलबार सदरमुकामको हरमटारी देखि हस्पिटल चोक सम्मका किराना, मिठाई, होटल एण्ड लज, फुलपूmल पसल, मसला पसल लगायतका गरी २२ वटा पसलको अनुगमन गरिएको थियो । सो क्रममा अधिकांश ठाउँमा मानिस हिड्ने बाटो मिचेर व्यापार, व्यवसाय संचालन गरेको भेटिएको थियो । उनीहरुलाई तत्काल फुटपाथ खाली गर्न निर्देशन दिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत छवि श्रेष्ठले जानकारी दिए । पटक पटक हटाउन निर्देशन दिए पनि अटेरी गरेको बताउदै अर्को पटक निर्देशन पालना नभएको खण्डमा सबै सामग्री जफत गरिने उनले बताए ।
त्यस्तै, यस अघि पनि पटक पटक अनुगमन गरेर निर्देशन दिएता पनि अधिकांश होटल तथा रेष्टुरेण्टको भान्सा कोठा सफा नभएको भेटिएको उनीहरुलाई सरसफाईमा ध्यान दिन निर्देशन दिएको छ । अनुगमनको क्रममा किराना, कपडा, कस्मेटिक पसल होटल लगायत सबै पसलबाट विक्री वितरण हुने प्रत्येक सामान मूल्य सूची टाँस्न समेत निर्देशन दिएको छ ।
त्यस्तै, आफ्नो व्यापार व्यवसाय सम्बन्धित निकायमा गएर नविकरण, दर्ता गरेर मात्र संचालन गर्न आग्रह गरिएको श्रेष्ठले जानकारी दिए । सो अनुमगनमा केही ठाउँमा म्याद नाघेका सामानहरु पनि जफत गरिएको थियो ।
प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रेष्ठको नेतृत्वमा भएको टोलीमा गोरखा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ लगयातका पदाधिकारीहरुको उपस्थिपति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #गोरखा बजारमा फुटपाथ अतिक्रमण गरी संचालन पसल हटाउन निर्देशन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्