सर्लाहीमा लुटेरा समूहको गोली प्रहारबाट कर्मचारी गम्भीर घाइते

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा लुटेरा समूहको गोली प्रहारबाट एक जना कर्मचारी गम्भीर घाइते भएका छन् । बुधवार बागमती नगरपालिका वडा नं. १ मिलनचोकमा अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीको हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको सेवा केन्द्र बागमतीमा कार्यरत ३० वर्षीय साजन कार्की माथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत विजय यादवले जानकारी दिनुभयो ।
बुधबार बिहान १० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तीन जनाले कार्कीलाई कार्यालय भित्रै पसेर लुटपाट गर्ने उद्देश्यले चार गोली प्रहार गरेका थिए । कार्कीको पाखुरा, तिघ्रा, कुम र कोखामा गोली लागेको छ । गोली लागेका कार्कीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता समेत रहेका यादवले जानकारी दिनुभयो ।
कार्यालय खुले लगत्तै कार्कीमाथि आक्रमण भएको थियो । लुटपाटमा संलग्न व्यक्तिले नगद पैसा लैजाने उद्देश्यले गोली हानेको भएपनि कार्कीको साथमा रहेको पैसा पहिले नै कार्यालयमा राखिसकेकाले लुट्न नपाएको बताएको छ । लुटपाटमा संलग्न व्यक्तिले कार्कीको साथमा रहेको कालो झोला बोकेर भागेका छन् । गोली प्रहार गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसरी राजमार्ग छेउमानै बिहानै लुटपाट हुन थालेपछि स्थानीय चिन्तित हुन थालेका छन्। यसअघि पनि गोडैता नगरपालिकामा दिन दहाडै आइ.एम.ई मनि ट्रान्सफर लुटिएको थियो । सर्लाहीको घटना क्रम हेर्ने हो भने राजमार्गमा सहकारी लुट्ने प्रयास र गोडैता नगरपालिकामा लाखौँ रुपैयाँ लुटिने अज्ञात लुटेराहरू बाट सहकारी संस्था तथा मनि ट्रान्सफर असुरक्षित रहेको स्थानीहरूले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोली प्रहार, #सर्लाहीमा लुटेरा समूहको गोली प्रहारबाट कर्मचारी गम्भीर घाइते
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्