नेकपा एमालेले घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने
काठमाडौं । नेकपा एमालेले घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने भएको छ । तिहारपछि घोषणापत्र सार्वजनिक गर्न तयारी भइरहेको एमालेले जनाएको हो ।
एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार घोषणापत्रका लागि मस्यौदा तयार भइरहेको छ । घोषणापत्रका लागि सुझाव संकलन, अध्ययन र लेखनको काम भइरहेको यहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी घोषणा पत्रको तयारीमा लागि रहेका छांै । तिहारपछि मात्रै घोषणापत्र सार्वजनिक गर्छौँ । अहिले मस्यौदालाई अन्तिमरुप दिइरहेका छौं, अझै पुरस्कृत गरिरहेका छौँ । धेरै सुझाव आएका छन् । ती सुझाव संकलन, अध्ययन र लेखनको काम भइरहेको छ । तिहारपछि मात्रै सार्वजनिक गर्छौँ ।’
चुनावी घोषणापत्र तयारीका लागि एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको लाँकुरी भन्ज्याङ पुग्नुभएको थियो । घोषणापत्रमा प्राप्त सुझावहरूसहित अध्यक्ष ओली र नेताहरू छलफलका लागि द टेरेसेस रिसोर्टमा पुग्नुभएको हो । अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ समेत घोषणापत्र मस्यौदाका लागि लाँकुरी भन्ज्याङ जानुभएको थियो ।
एमालेले आफ्नो घोषणापत्रमा ‘एक घर, एक रोजगार’लाई मुख्य प्राथमिकता दिने जनाएको छ । घोषणापत्रमा ‘एक घर, एक रोजगार’ मुख्य प्राथमिकतामा समेटिएको एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताउनु भयो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले तिहारपछि घोषणापत्र सार्वजनिक गर्दैछ ।
एमालेले घोषणापत्र निर्माणका लागि अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको थियो । एमालेको घोषणापत्र मस्यौदा समिति सदस्यमा पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ ।
एमालेले घोषणापत्रका लागि सार्वजनिक रूपमा समेत सुझाव मागेको थियो । एमालेले राजनीतिक स्थायित्वका लागि एमालेको बहुमतको सरकार भन्ने नारा बनाएर जनताका बीचमा जाने तयारी गरिरहेको छ । ०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धनले राजनीतिक स्थायित्व, विकास र आर्थिक समृद्धिलाई मुख्य नारा बनाएको थियो । ०७४ मा एमाले–माओवादीको गठबन्धनले झन्डै दुईतिहाइ सिट जितेको थियो । मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गरेर नेताहरू चुनावी प्रचारप्रसारका लागि आफ्नो निर्वाचन क्षेत्रतिर लागेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #नेकपा एमालेले घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्