बिरामी माझ लोकप्रिय बन्दै गुराँस हस्पिटल ।
बुटवल नगरपालिका ढवाहा स्थीत वि.स.-२०७५ सालमा स्थापित गुराँस हस्पिटल प्रा.लि. नेपालको पश्चिम क्षेत्रमा छुट्टै पहिचान बताउदै अगाडि बढिरहेको प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्ने अस्पताल हो।
वैकल्पिक उपचार पद्धतिका विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराईरहेको यस अस्पतालमा देशभरका करिब सत्तरी जिल्लाबाट बिरामी आउने गरेका छन । आगामि दिनमा प्राकृतिक चिकित्सा प्रमाणपत्र तह र स्नातक तहका जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित अगाडि रहेको गुराँस हस्पिटलका कार्यकारणी निर्देशक सँग गरिएको कुराकानी ।

# तपाईको परिचय ?
म नारायण भुसाल मेरो स्थायी ठेगाना मदाने गाउपालिका वडा नं. 2. गुल्मी , विगत 2५ बर्षदेखि म बुटवलमा बसोबास गर्दै आइरहेको छु ।
# गुरास अस्पताल कस्तो अस्पताला हो ?
यस अस्पताल विशुद्ध प्राकृतिक चिकित्सा, योगा, फिजियोथेरापी जस्ता औषधी बिहिन उपचार पद्धतिबाट उपचार गर्ने अस्पताल हो ।

# प्राकृतिक चिकित्सा उपचार पद्धतिले कसरी काम गर्दछ?
यसले फिजियोथेरापी, हाईड्रोथेरापी, अकुंपंचर योगा व्यायाम मसाजथेरापी जस्ता माध्यमबाट उपचार गर्दछ, । यसको मुल मान्यता भनेको हाम्रो शरिरमा विजातिय द्रब्य जम्मा भएका कारण रोग लाग्दछ, ती विजातियद्रब्यलाई प्राकृतिक चिकित्सा, पद्धतिको माध्यमबाट बाहिर निकाल्न सकेमा रोग आफै निको हुन्छ भन्ने मान्यतामा रहेर काम गर्छ ।
# यस अस्पताल स्थापना गर्ने धारणा यहामा कसरी आयो ?
सर्वप्रथम वि. स २०५३ सालमा अकुंपंचर अध्ययन गरेर आएपछि केही समय बुटवल अञ्चल अस्पतालमा होमियोपेथिक क्लिनिकमा काम गरेपछि सन् 2002 मा नै बुटवल क्षेत्रमा यस प्रकारको अस्पताल खोल्ने उद्देश्य रहेता पनि विविध कारणले सफल हुन सकेको थिएन अन्तत वि.स. २०७५ सालबाट तीन जना व्यक्तिको संयुक्त लगानी वाट यस अस्पतालले सेवा दिन शुरू गरेको हो ।
# यस अस्पतालमा विरामीका लागि के कस्ता सेवा उपलब्ध छन् ?
हामिकहा उपलब्ध सेवाहरूमा फिजियोथेरापी, प्राकृतिक चिकित्शा, योगा, होमियोप्याथि, अकुपंचर हाईड्रोथेरापी मसाजथेरापी तथा प्रयोगथशाला सेवा उपलब्ध छन भने होमियोप्याथिक सेवा दिनका लागि प्रत्येक महिनाको २५,२६,२७ गते भारतको लखनउ बाट विशेषज्ञ झिकाईसेवा दिने गरिएको छ

# तपाईको अस्पतालमा सेवा लिन बिरामीहरू कहा, कहा बाट आउछन् ?
हाम्रो अस्पतालमा सेवा लिन देशभरका करिब सत्तरी जिल्ला बाट बिरामीहर आउने गरेका छन्

# यहाँको अस्पतालामा रहेको जनशक्तिको बारेमा बताइदिनुहुन्छ कि ?
हाम्रो अस्पतालमा एक जना स्नातकोत्तर न्यूरो डक्टर, तीन जना, स्नातक डक्टर, फिजियोथेरापिष्ट, होमियोप्याथिक चिकित्सक नर्सहरु आयुर्वेद तर्फ कविराज, ल्याबटेक्निसियन गरि ३१जना जनशक्ति रहनुभएको छ
# अन्य प्राकृतिक चिकित्सा अस्पताल र यहाँको अस्पतालमा के भिन्नता छ ? बिरामीहरु गुराँस अस्पतालमा नै किन आउने ?
गुरास अस्पताल होमियोप्याथिक फिजियोथेरापी अकुपंचर ,हाईड्रोथेरापी , मसाजथेरापी लगायतका उपचार पद्धतिलाई एकिकृत गरि बिरामीलाई सेवा दिने अस्पताल हो । यहाँ सुविधा बेड ,कुरुवाका लागि समेत छुट्टै बेडको ब्यवस्था , एकान्त तथा मनोरम वातावरणमा बिरामीलाई विशेष सुविधा दिईएको हुनाले अन्य प्राकृतिक चिकित्सा पद्वतिबाट उपचार गर्ने अस्पताल भन्दा पृथक रहेको छ । सबैभन्दा महत्वपुर्ण हामिकहा मास्टर लेभलका मास्टर दक्ष जनशक्ति द्वारा सेवा दिने भएकाले गुरास अस्पताल यस क्षेत्रकै अब्बल अस्पताल हो ।

# अन्तमा यहाँले यस मिडियामार्फत केहीभन्न चाहनुहुन्छ ?
प्राकृतिक चिकित्सा उपचार पद्वति उपचारमा केही ढिलो भएपनि रोगको जरैबाट निर्मुल गर्ने उपचार पद्धति भएकाले यहाहरुमा कुनै प्रकारको समस्या वा दिर्घरोग देखिएमा गुरास अस्पतालबाट सेवा लिई निरोगी र दिर्घजीवन जीउन आग्रह गर्दछु ।

क्याटेगोरी : अन्तरवार्ता, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्