रुपन्देहीमा भौतिकसँगै मानवीय विकासमा केन्द्रित छौं : उपाध्यक्ष पौडेल
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीमा भौतिकसँगै मानवीय विकास आफू केन्द्रित रहेको बताउनुभएको छ ।
एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को भेलालाई सम्बोधन गर्दै नेता पौडेलले भौतिक विकासमा रुपन्देही धेरै अगाडि पुगिसकेकोले अब आफूहरू मानवीय विकासमा लागेको बताउनु भयो । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता पौडेलले जिल्लालाई भौतिक र मानवीय दुवै विकासले अग्रणी बनाउने बताउनुभयो ।
रुपन्देही–२ मा चुनाव जित्न एमालेको कसैसँग प्रतिस्पर्धा नभएको बताउँदै सबैभन्दा धेरै मतान्तरले जित्ने दौडमा एमाले रहेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, गएको निर्वाचनमा एमालेका सबै उम्मेदवारले दोब्बर मतान्तरले जितेछ । एमालेलाई जितको प्रश्न होइन रेकर्ड ब्रेक गर्न चाहन्छौ ।’
रुपन्देही क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले आफूले सधैँ युवालाई प्राथमिकता दिएर अगाडि बढ्ने बताउनु भयो । ‘बुटवलमा अबको विकास भौतिकसँगै मानवीयको पनि हुनेछ । म सधैँ सामाजिक रूपान्तरण लाग्दै युवालाई प्राथमिकताका साथ अगाडि सार्ने मेरो सोच छ’ श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा एमाले वडा इन्चार्ज युवराज घिमिरेले पार्टीका उम्मेदवारलाई भारी मतका साथ विजयी गराउन सबै पार्टीका कार्यकर्ताहरु मिहिन ढङ्गले जुट्न सबैलाई आग्रह गर्नुभयो । सो अवसरमा राष्ट्रिय जनमोर्चा छाडेर एमाले प्रवेश गरेका शिव खनाल र प्रदीप खनाललाई उपाध्यक्ष पौडेलले पार्टीमा स्वागत गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रुपन्देहीमा भौतिकसँगै मानवीय विकासमा केन्द्रित छौं, #विष्णु पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्