मंसीर ४ गतेपछि एमालेको सरकार बन्छ :एकराज कार्की

झापा । नेकपा एमालेका नेता एकराज कार्कीले मंसीर ४ गतेपछि नेकपा एमालेको सरकार बन्ने दाबी गर्नु भएको छ । झापा क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेशसभाका उम्मेदवार कार्कीले नेकपा एमालेको पक्षमा देशभर जनलहर रहेकोले अब सबै प्रदेश र संघमा नेकपा एमालेको सरकार बन्ने बताउनु भएको हो ।
मुलुकका कुनै पनि तागत र शक्तिले यसलाई रोक्न नसक्ने भन्दै उहाँले विकास, समृद्धि र सुशासनको लागि नेकपा एमालेलाई भोट हाल्न जरुरी रहेको बताउनु भयो ।
एमाले नेता कार्कीले स्वतन्त्रको कुनै अर्थ नरहेको बताउनु भयो । संसदिय निर्वाचनमा बहुमतको सरकार बन्ने र अल्पमत प्रतिपक्षमा रहने भएकाले एक,दुइ वटा मान्छेको अर्थ नरहने बताउनु भयो । हजारौँ मान्छेहरुको बलिदानबाट आएको लोकतन्त्रमाथि धावा बोल्दै स्वतन्त्रका नाममा केहि व्यक्तिहरु आएकोले यसको अर्थ नरहने र यो पानीको फोका जस्तै रहेको बताउनु भयो ।
नेता कार्कीले विचार र राष्ट्रियताका बारेमा सहमत नभएका पार्टीहरु एक आपसमा जोडिएर बनेको सत्ता गठबन्धनको पनि औचित्य नरहेको टिप्पणी गर्नु भयो । नेकपा एमाले राष्ट्रवादी शक्ति रहेको र राष्ट्रियताको सवालमा कोहिसँग नझुकेको उहाँको भनाई थियो ।
नेता कार्की चुनावी अभियानका क्रममा कार्यकर्ता तथा मतदाताहरुसँगको भेटघाटमा व्यस्त रहनु भएको छ । कार्कीसँग सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेल चुनावी मैदानमा रहनुभएको छ । बिर्तामोड निवासी नेता कार्की गएको प्रदेश सभाको निर्वाचनमा पनि भारी मतले निर्वाचित हुनु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कराज कार्की, #नेकपा एमाले, #मंसीर ४ गतेपछि एमालेको सरकार बन्छ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्