Techie IT
मंगलबार, साउन १,२०८१

चुनावमा सत्ता र शक्तिको दुरुपयोग गरेमा त्यसको हिसाब किताब हुन्छ: बास्कोटा


​​​​​काभ्रे । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काभ्रे क्षेत्र-२ का एमाले उम्मेदवार गोकुलप्रसाद बास्कोटाले शान्तिपूर्ण चुनावमा सत्ता र शक्तिको दुरुपयोग गरेर धादली गरेमा त्यसको हिसाब-किताब हुने बताउनु भएको छ।

प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाले बिहीबार आयोजना गरेको ‘नेकपा एमालेका उम्मेदवारहरूसँग सञ्चारकर्मी’ कार्यक्रममा नेता बास्कोटाले यस्तो बताउनु भएको हो ।

नेता बास्कोटाले शान्तिपूर्ण चुनावमा एमालेले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी हतोत्साहित र उत्तेजित छैनौँ, शान्तिपूर्ण चुनावमा सहयोग गर्नेछौँ, तर सत्ता दुरुपयोगको गन्ध मात्रै आयो भने त्यसको हिसाबकिताब हुनेछ ।’

निर्वाचनलाई स्वतन्त्र, मर्यादित, व्यवस्थित र आचारसंहिताको परिधिभित्र रहेर सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनमा भाग लिने सबै उम्मेदवारहरूले शान्तिपूर्ण ढङ्गले निर्वाचन गराउनमा लागि पर्नुहुनेछ भन्ने अपेक्षा छ ।’

उहाँले मतदाताले स्वतन्त्र ढङ्गले विवेक प्रयोग गरेर निर्वाचन गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले प्रतिस्पर्धी पार्टीको विचार दृष्टिकोण कार्यक्रममाथि कुनै पनि प्रकारको अपमानजनक व्यवहार प्रदर्शन नगरिने प्रस्ट पार्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोकुल बाँस्कोटा, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Mostly Cloudy
5:18 am7:01 pm +0545