गोरखामा बुद्धिचाल प्रतियोगिता सुरु

गोरखा ।एकताबद्ध देश खेलकुदको सन्देश भन्ने मूल नारा सहित नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तत्त्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सह आयोजनामा गोरखा नगरपालिकास्थित गोरखा क्याम्पसमा बुद्धिचाल प्रतियोगिता आजबाट सुरु भएको छ ।
क्लासिकल, राउण्ड र व्लिज गरी तीन वटा विधामा हुने प्रतियोगितामा ६६ जना सहभागीहरू रहेका छन् । प्रत्येक प्रदेशबाट तीन जना महिला र तीन जना पुरुष खेलाडी रहेका छन् । भूगोलका सात प्रदेश सहित आर्मी, एपिएफ, प्रहरी र एनआएनएको समूह गरी ११ टिम रहेको आयोजक सदस्य मनिशा खाम्बुले बताउनुभयो ।
गोल्ड मेडल, रजत र कांस्य गरी ६ वटाका दरले १८ वटा मेडलका लागि खेलमा प्रतिस्पर्धा हुनेछ । आज पहिलो राउण्डको ओपन क्लासिकल राउण्डको खेल सुरु भएको हो ।
गोरखा क्याम्पसमा भएको खेल कार्यक्रममा भाग लिन देशैभरीबाट खेलाडीहरू आइपुगेका छन् । राष्ट्रिय प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
खेलाडीहरूलाई गोरखा क्याम्पसमा पुगेर गोरखा नगरपालिका प्रमुख कृष्णराना मगर, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, सुरक्षा निकायका प्रमुख, राजनैतिक पार्टीका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।
राष्ट्रिय प्रतियोगिता खेलका लागि पूर्ण रुपमा शान्ति सुरक्षा प्रदान गरिएको प्रहरी उपरीक्षक केदार खनालले बताउनुभयो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #गोरखामा बुद्धिचाल प्रतियोगिता सुरु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्