प्राकृतिक विपदमा परि ६ महिनामा २७९ जनाकाे ज्यान गयाे, ५९५ जना घाइते
काठमाडौं । आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष अक्टोबर महिनाको १३ तारिखलाई विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको नारा ‘प्राकृतिक प्रकोप नियन्त्रण र जोखिम न्यूनीकरणलाई विश्वव्यापी संस्कार बनाऔँ’ भन्ने रहेको छ । सन् १९८९ को राष्ट्र सङ्घ साधारणसभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरण बढाउने उद्देश्यले दिवसको सुरुवात गरेको थियो ।
नेपालमा यो वर्ष ६ महिनामा विभिन्न विपद्का घटनामा परि २ सय ७९ जनाले ज्यान गुमाएका छन् । ५ सय ९५ जना घाइते भएको तथ्याङ्क छ । बाढी/पहिरो तथा चट्याङबाट मात्रै १ सय ८८ जनाले ज्यान गुमाएका छन् भने बाढी र पहिरोमा परेर ३७ जना बेपत्ता रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । २०७२ सालको भूकम्पमा परि नेपालमा झन्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए । त्यस्तै ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदालगायतमा क्षति पुगेको थियो ।
मानवीय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारणले प्राकृतिक प्रकोपको जोखिम अझ बढ्दो छ । नेपालमा बाढी/पहिरो, हिमपहिरो तथा भूकम्पको जोखिम उच्च छ । पहाडी भागमा पहिरो र भूक्षय तथा तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागीको जोखिम छ ।
विपद्का बेला मानवीय क्षतिसँगै राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका काममा ठूलो धन खर्च हुँदै आएको छ । प्राकृतिक प्रकोपसँग जुध्न नसकिने तर पूर्वतयारी तथा सावधानी अपनाएर क्षतिलाई न्यूनीकरण गर्न सकिनेमा विज्ञले जोड दिँदै आएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #५९५ जना घाइते, #breaking, #प्राकृतिक विपद, #प्राकृतिक विपदमा परि ६ महिनामा २७९ जनाकाे ज्यान गयाे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्