राप्रपा काठमाडौं क्षेत्र नं ६ मा संजय श्रेष्ठले टिकट नपाए पछि गरे विद्रोह
काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ । निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो ।
राप्रपाको यो निर्णयपछि गायक संजय श्रेष्ठले राप्रपा छाडेको घोषणा गरेका छन् । उनले संसदीय चुनावको टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको फेसबुक स्टाटसमार्फत जनाएका छन् ।
उनले स्टाटसमै स्वतन्त्र उम्मेदवारी दिने पनि बताएका छन् । उनले लेखेका छन्, ‘भोलि म आफू पनि स्वतन्त्र रुपमा मनोनयन पत्र दाखिल गर्दैछु । राप्रपालाई यदि म जस्तो व्यक्तिको यदि आवस्यकता छैन भने मेरो भन्नु केही छैन, म आफैँ राप्रपा छोडेको घोषणा गर्दैछु र म जस्ता हजारौंले आउने दिनमा यही क्रम दोहोर्याउने छन् । भोलिको दिनमा के हुन्छ भन्न सकिन्न ।’
स्वतन्त्रबाट चुनाव लड्ने घोषणा गरेको उनले अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पहिले नै टिकट दिने प्रतिबद्धता जनाएको तर वचन पुरा नगरेको पनि जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #संजय श्रेष्ठले टिकट नपाए पछि गरे विद्रोह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्